सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेसका ५ मन्त्री थपिए

२०८३ जेष्ठ २६, मंगलवार

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका प्रमुख नजीर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधार (९) बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन् ।

कांग्रेसबाट पुनःगठित मन्त्रिरिषद्मा विक्रमसिंह धाँमी आर्थिक मामिलामन्त्री, मानबहादुर रावल, उद्योग पर्यटन वन तथा वातावारणमन्त्री र बेलबहादुर रानामगर सामाजिक विकासमन्त्रीमा नियुक्त भएका छन् । आर्थिक मामिला राज्यमन्त्रीमा जुनाकुमारी दानी र सामाजिक विकास राज्यमन्त्रीमा मधुदेवी भारती नियुक्त भएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभाका सदस्यलाई समेटेर मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनःगठन गरेका हुन्।

पुनःगठित मन्त्रिपरिषद्को कार्यविभाजन देहायबमोजिम छः

१. कमलबहादुर शाह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

२. सुरेन्द्रबहादुर पाल, भौतिक पूर्वाधार विकासमन्त्री

३. हीरा सार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री

४. वीरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री

५. विक्रमसिंह धाँमी, आर्थिक मामिलामन्त्री

६. बेलबहादुर रानामगर, सामाजिक विकासमन्त्री

७. मानबहादुर रावल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री

राज्यमन्त्री

१ निर्मलादेवी साउद, राज्यमन्त्री भौतिक पूर्वाधार विकास

२ मधुदेवी भारती, राज्यमन्त्री सामाजिक विकास

३ जुनाकुमारी दानी, राज्यमन्त्री आर्थिक मामिला

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आज साँझ आयोजित समारोहमा नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथग्रहण गराए । सोही समारोहमा नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गराए ।

कांग्रेस संसदीय दलमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको घटनापछि  मुख्यमन्त्री शाहले अविश्वास प्रस्ताव दर्ता गर्ने पक्षलाई समेटेर आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको हो । सत्ता साझेदार नेकपा (एमाले)ले पनि मन्त्रिपरिषद्मा नयाँ अनुहार पठाउने तयारी गरे पनि अन्तिम समयमा रोकिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार