राष्ट्रपति कार्यालयअघि पुगेका प्रदर्शनकारीमाथि बल प्रयोग, दुई घाइते

२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौं : राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि प्रदर्शन गर्न पुगेका महिलामाथि प्रहरीले बल प्रयोग गर्दा दुई जना घाइते भएका छन् ।

प्रहरीको बल प्रयोगबाट अञ्जना श्रेष्ठ र देवसरा भण्डारी घाइते प्रदर्शनकारीहरूले जनाएका छन् । उनीहरू दुवै जना बेहोस भएपछि टिचिङ अस्पताल भर्ना गरिएको छ । पछिल्ला समयका विभिन्न प्रदर्शनमा सहभागी जेनजी युवाहरूलाई झुटा मुद्दा लगाएर थुनेको भन्दै उनका अभिभावकहरू मंगलबार शीतलनिवास अगाडि प्रदर्शन गर्न पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार