काठमाडौँ : संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१ बजे ४ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का संखुवासभासहित आसपासका अन्य जिल्लामा समेत महसुस गरिएको छ।
भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन।





