काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावको परिणामलाई लिएर हार नमानेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चुनावमा सोचेजस्तो परिणाम नआए पनि हार नमानेको भन्दै पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए । उनले पछिल्लो निर्वाचन आफूहरूका निम्ति अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलो रहेको धारणा राखे ।
जनताको विश्वास र माया आफूहरूले नगुमाएको उनले उल्लेख गरे । उनले आउँदा दिनमा जनताको विश्वासलाई नै शक्तिमा परिणत गर्ने बताए ।उनले सदस्यता वितरण गर्नका निम्ति अभियानका रूपमा नै अघि बढ्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।





