प्रधानमन्त्री अचानक संसद आएर म त जिस्किएको पो थिएँ भन्नुहोला : सांसद काउँचा

२०८३ असार १, सोमबार

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रेनुका काउँचाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विवादित अभिव्यक्तिबारे कटाक्ष गरेकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री कुनै दिन संसदमा आएर म त जिस्किएको पो थिएँ भन्न सक्ने टिप्पणी गरेकी छन् ।

उनले भनिन्, ‘हामीले पनि भारतको सीमा मिचेका छौँ भनेर संसदबाट बेपत्ता हुनुभएका प्रधानमन्त्री कता हुनुहुन्छ कुन्नि ? थाहा छैन फेरि कुन दिन अचानक आएर म त जिस्किएको पो भनेको थिएँ भन्नुहोला ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा एसएसबी प्रवेश गर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। यस्तै, उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार