काठमाडौं : नक्कली प्रमाणपत्र देखाएर जागिर खाने बिनाकुमारी राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका-७ को जन भवानी माध्यमिक विद्यालयले सञ्चालन गरेको बालबिकास केन्द्रमा सहयोगी कार्यकर्ताको जागिर खाइरहेकी राईले प्रयोग गरेका कागजात नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनले कक्षा ८ र एसएलसीको प्रमाणपत्र नक्कली ठहर भए पनि कारबाही अघि बढाउन मुद्दा दायर गरिएको हो । उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कारबाही हुनेछ।





