स्वास्थ्य बिमा ऐन संशोधन हुन्छ : मन्त्री मेहेता

२०८३ असार ३, बुधबार

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बिमा ऐन संशोधन गरिने बताएकी छिन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आधारभूत स्वास्थ्य सेवालाई बिमाबाट अलग गर्ने जानकारी दिइन् ।

उनले भनिन्,‘स्वास्थ्य बिमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बिमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रमा अनिवार्य स्वास्थ्य बिमा गर्ने र सामाजिक स्वास्थ्य सुरक्षा कोषअन्तर्गतको स्वास्थ्य बिमालाई साविकको स्वास्थ्य बिमामा समाहित गर्नेलगायत विषयमा पैरवी हुँदै आएको छ । यसका लागि सबै सांसदको ध्यानाकर्षण र सहयोगको अपेक्षा राखेको छु।’

त्यस्तै उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन हुनुपर्ने भनियता त्यो अनुपातमा विनियोजन नभएको धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार