परराष्ट्रमन्त्री खनाल चीन भ्रमण सकेर स्वदेश फिर्ता

२०८३ असार ४, बिहीबार

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

जेठ ३१ गतेदेखि असार ३ गतेसम्म भएको भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता, लगानी प्रवर्द्धन, आर्थिक कूटनीति, विज्ञान–प्रविधि तथा जनस्तरको सम्बन्ध विस्तारमा केन्द्रित विभिन्न कार्यक्रममा सहभागिता भएका थिए ।

बेइजिङमा उनले चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटमा नेपाल–चीन सम्बन्धका सबै पक्षमा गहन छलफल भएको र मित्रता, सद्भावना तथा सहयोगमा आधारित सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सहमति भएको परराष्ट्र मन्त्रालयले जनाइको छ ।

नेपालले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमिलाई चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेको छ । त्यस्तै, चीनले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो समर्थन पुनः व्यक्त गर्दै सुशासन र आर्थिक विकासका प्राथमिकतामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी दुवै पक्षबीच पूर्वाधार, सीमापार सम्पर्क विस्तार, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, डिजिटल प्रणाली, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ । यसअघि भएका सहमति र परियोजनालाई छिटो कार्यान्वयन गर्ने र क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा सहकार्य बढाउने विषयमा पनि जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार