काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले चितवनमा आजदेखि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको सफलताको कामना गरेका छन्।
आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले जनताले ठूलो विश्वासका साथ दिएको दुईतिहाइ जनसमर्थनको सम्मान गर्दै राष्ट्रियता, लोकतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी तथा समृद्धिसम्बन्धी जनआकांक्षा पूरा गर्ने स्पष्ट कार्यनीति र दूरदर्शी कार्यदिशा महाधिवेशनले तय गर्ने अपेक्षा गरिएको बताए।
उनले दुईतिहाइको बलमा सत्तामा पुगेपछि बालेन सरकारमा देखापरेका अधिनायकवादी शैली, प्रतिशोधपूर्ण राजनीति, अराजकतावादी चिन्तन, अवसरवादी प्रवृत्ति तथा पपुलिजमलाई प्रश्रय दिने गतिविधिमाथि नियन्त्रण कायम गर्दै पार्टीलाई जिम्मेवार, लोकतान्त्रिक र जनउत्तरदायी मार्गमा अघि बढाउन रवि लामिछानेको नेतृत्व सफल होस् भन्ने कामना समेत गरेका छन्।





