काठमाडौँको एक गेस्ट हाउसमा पुरुष मृत फेला

२०८३ असार ११, बिहीबार

काठमाडौँ : काठमाडौं महानगरपालिका–१६ स्थित एक गेष्ट हाउसमा पुरुष मृत भेटिएका छन् ।

मित्रनगरस्थित गल्फ ओयसियस गेष्ट हाउसको कोठा नम्बर ४०१ मा ती पुरुष मृत भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रहरीका अनुसार, दाङ बबई गाउँपालिका–६ घर भएका ४६ वर्षीय ओम प्रकाश बोहरा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार