कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छः मुख्यमन्त्री कार्की

२०८३ असार १५, सोमबार

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताएका छन् ।

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा आज दिएको शुभकामना सन्देशमा उनले नेपालीको मौलिक पर्वका रूपमा स्थापित यस दिवसमा धान रोपाइँ, असारे भाका, दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गरेका छन् ।

सन्देशमा मुख्यमन्त्री कार्कीले भनेका छन, “पछिल्लो समय युवा जनशक्ति वैदेशिक पलायन र बसाइँसराइले खेती योग्य जमिन बाँझो हुँदा कृषि उत्पादनमा गम्भीर असर परेको छ ।”

आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार