शरणार्थी नेता टेकनाथ रिजाल किर्ते र सङ्गठित अपराधमा दोषी

२०८३ असार २४, बुधबार

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतबाट भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन जना लिखित किर्तेमा दोषी ठहर भएका छन् ।

मंगलबार जिल्ला अदालतबाट आएको फैसलामा रिजालसहित ३ जना लिखित किर्तेमा दोषी ठहर भएका हुन् । रिजालसँगै केशव दुलाल र सानु भण्डारी पनि दाेषी ठहर भएका हुन् । सजाय निर्धारण अर्को पेसीमा हुने अदालत प्रशासनले जनाएको छ ।

रिजाललाई नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा ठगी तथा संगठित अपराधको मतियार भएकाले राज्यविरूद्धको अपराधमा पनि अदालतले उनलाई मतियारको रूपमा दोषी ठहर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार