कच्चा तेलको मूल्य फेरि बढ्यो

२०८३ असार २४, बुधबार

काठमाडौँ : विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकाले इरानमा नयाँ हवाई आक्रमण गरेर कच्चा तेलको विक्रीमा प्रतिबन्ध लगाएपछि बुधबारको कारोबारमा कच्चा तेलको भाउ झन्डै २ प्रतिशतले बढेको हो ।

पश्चिम एशियामा तनाव चुलिँदै गएपछि तेल आपूर्तिमा पुनः असर पर्न सक्ने चिन्ता बढेको छ । स्ट्रेट अफ होर्मुजमा इरानले तीन व्यवसायी जहाजमा आक्रमण गरेपछि अमेरिकाले इरानमाथि व्यापक आक्रमण गरेको थियो ।

लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजमा बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १ डलर ३८ सेन्टले बढेर ७५ डलर ५४ सेनटमा पुगेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव ९ प्रतिशत धेरै हो ।

त्यस्तै, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) क्रुडको मूल्य पनि १ डलर ३७ सेन्टको वृद्धिसहित प्रतिब्यारेल ७१ डलर ८१ सेन्टमा पुगेको छ । यो पनि अघिल्लो दिन बजार बन्द हुँदा खेरिको तुलनामा १ दशमलव ९ प्रतिशत धेरै हो । कारोबारको सुरुआती चरणमा डब्लुटीआईको मूल्य एक समय २ दशमलव ८ प्रतिशतसम्म बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार