अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ

२०८३ असार २५, बिहीबार

काठमाडौँ : लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध लागूऔषध ब्राउनसुगरसहित काठमाडौँ चन्द्रागिरिबाट बुधबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरगढीका सुवास विक रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको टोलीले उदयपुर गाईघाटबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा सवार उनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार