स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

२०८३ असार २५, बिहीबार

काठमाडौँ : सिरहामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना घाइते भएका छन् ।

गोल बजार नगरापालिका-९ चोहवामा मे १ ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिंङ स्कुलको बसमा सोही दिशाबाट आउँदै गरेको म.प्र.०१–००५ प ३४०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मिर्चया–५ का २४ वर्षीय शंख रिहान र १९ वर्षीय यनतियाज राइन घाइते भएका छन् । मृत्यु भएका युवकको परिचय खुलेको छैन ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको बस एक्कासि उत्तर गोविन्दपुरतर्फ मोडिँदा सोही दिशाबाट आउँदै गरेको मोटरसाइकल बसमा ठोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार