शेखर कोइराला र प्रकाशरण महतबिच भेटवार्ता

२०८३ असार २८, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेता डा.प्रकाशशरण महत र डा. शेखर कोइरालाबीच भेट भएको छ।

शनिबार विराटनगरमा रहेका डा. कोइरालालाई कोइराला निवासमा पुगेर डा‍.महतले भेटेका हुन्। देउवा समूहको शुक्रबार बसेको पूर्वपदाधिकारीहरूको बैठकले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रम गर्ने निर्णय गरेको छ।

त्यो कार्यक्रममा डा. कोइरालालाई पनि बोलाउने शुक्रबार साँझ डा.महतले बताएका थिए । त्यसैबारे जानकारी दिनका लागि उनले विराटनगर पुगेर डा‍‍.कोइरालालाई भेटेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार