कतारका पूर्वअमिर शेख हमदको निधन

२०८३ असार २८, आईतवार

दोहा : कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। अमिरी दिवानले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको छ।

अमिरी दिवानले स्वर्गीय शेख खलिफालाई राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्‍याएका नेताका रूपमा स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ। पूर्वराजाको मृत्युमा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीले देशभर तीन दिन राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाइने बताइएको छ ।

शेख खलिफा बिन हमद अल थानीले सन् १९७२ देखि १९९५ सम्म कतारको शासन सम्हालेका थिए। उनको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार