काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आउने दिनमा सदनभित्र प्रतिपक्षको भूमिकालाई सशक्त बनाउँदै लैजाने बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सदनमा आफूहरूले इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको बताए।
उनले भने, प्रतिपक्षको उपस्थिति सदनमा देखाउन के स्टन्ट गर्नुपर्ने हो त्यो थाहा छैन, जति देख्या छ, इमानदारीपूर्वक आवाज उठाउने कोसिस गरिराखेका छौँ। बाहिर एउटा देखाउने, भित्र अर्को खालको अभिव्यक्ति दिने हामीले गरेका छैनौँ। बाहिर जे छौँ भित्र त्यही छ।
उनले राष्ट्रका जल्दाबल्दा मुद्दा, सानोदेखि ठूलासम्म जनताको समस्यालाई आफूहरूले सदनमा समय दिएको बताए। उनले सदनमा अहिलेसम्म आफूहरूले खेलेको भूमिकाबारे समीक्षा गरेर अगाडि बढ्ने बताए।
उनले सदनमा दलभित्रको आवाज प्रमुख सचेतक र सचेतक जाने र अन्य सांसदहरूले पनि आआफ्नो ढङ्गले कुरा राखिरहेको बताए।





