नेता कृषिकर्ममाः बाँझो जमिन हराभरा

२०८३ असार ३१, बुधबार

तानसेन : अरुलाई सिकाउँदै हिँड्ने नेता आफैँ कृषिकर्ममा लाग्न थालेपछि यहाँका बाँझा जमिन हराभरा हुन थालेका छन् ।

पाल्पाका नेताहरू बाँझो जग्गालाई भाडामा लिएर कृषिकर्ममा जुटेका हुन् । मुलुकको आर्थिक रुपान्तरण युद्धबाट होइन, कृषि क्रान्तिबाट मात्र सम्भव रहेको ठहर गर्दै उत्पादनमा लागेका हुन् ।

यहाँका मिन सी,  सुकुमार सीलगायत नेता  राजनीतिक गतिविधिसँगै व्यावसायिक कृषि उत्पादनमा सक्रिय छन् ।  उनीहरु विगत तीन वर्षदेखि धान, गहुँ, आलुखेतीमा लागेका हुन् ।

किसानलाई उत्पादनमा प्रेरित गर्ने र कृषि आयातलाई न्यूनीकरण गर्ने उद्देश्यसहित पाल्पामा ८० रोपनी जग्गा भाडामा लिएका छन् । त्यही जग्गामा उनीहरुले धान, गहुँ र आलु लगाउने गरेका हुन् ।

प्रायः औपचारिक कार्यक्रमका भाषण र आन्दोलनका अग्रमोर्चामा देखिने सीहरु अहिले हातमा कोदाली लिएर खेतमा हिलोसँगै रमाएको देख्न सकिन्छ ।

सुकुमार सीले उत्पादनविना राजनीति गर्नु भनेको भ्रष्टाचार गर्नुसरह भएको  भन्दै उत्पादनतर्फ लागेको बताए  ।

सीले भने, “नेता आत्मनिर्भर भए कसैसँग चन्दा उठाउन नपर्ने बताए  । मुलुक कृषि प्रधान देश भए पनि  कृषिमा आत्मनिर्भर हुन नसकेको उनको भनाइ छ । “चन्दा उठाएर होइन, काम गरेर खानुपर्छ”, सीले भने  । गतवर्ष १५० मुरी धान, ६० मुरी गहुँ र २० क्विन्टल आलु, उत्पादन भएको थियो ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार