कुनै पनि प्रदेशसभा प्रतिपक्षीविहीन बन्नु हुँदैन : शर्मा

२०८३ श्रावण ५, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसले प्रदेश सरकार प्रतिपक्षीविहीन बन्न नहुने अडान लिएको छ ।

नेपाली कांग्रेसले प्रदेश सरकारको समीकरणका विषयमा आन्तरिक रूपमा अभ्यास र संवाद भइरहेको भन्दै यस्तो जनाएको हो । पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति विश्वप्रकास शर्माले कुनै पनि प्रदेशसभा प्रतिपक्षीविहीन बन्न नहुने बताए ।

“वर्तमान संविधानको निर्माण गर्दैगर्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले आजको प्रतिकूल परिस्थितिको बेलामा संविधान संशोधनको संवाद र छलफलहरू पनि चलिरहेको बेलामा संविधानको मूल मर्मलाई बेवास्ता गर्न मिल्दैन,” उनले भने । प्रतिपक्षीविहीन प्रदेशको परिकल्पना नगरी टुंगोमा पुग्न चाहेको उनको भनाइ छ । उनले यो नै कांग्रेसको बटमलाइन रहेको उल्लेख गरे ।

“आवश्यक परे नेपाली कांग्रेस प्रतिपक्षमा बस्न तयार हुन्छ । तर, निर्वाचन र नागरिकको अभिमतभन्दा बाहिर गएर, भएजति सबै दलहरू एउटै सरकारमा अटाएर बस्नुपर्छ भन्ने मान्यता राख्दैन,” उनले भने । सबै राजनीतिक दलहरूसँग संवाद र छलफलबाट प्रदेश सरकारको टुंगोमा पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार