काठमाडौँ : काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न १६९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट सबैभन्दा धेरै १५६ जना पक्राउ परेका छन् । ललितपुरबाट ११ र भक्तपुरबाट २ जना पक्राउ परेका छन् ।
नियन्त्रणमा रहेका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी २६ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।





