काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रूपैयाँ कायम भएकोमा आज ३ सय रुपैयाँले बढेर २ लाख ९१ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ८० रूपैयाँ कायम भएकोमा आज २५ रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ ।





