सरकार तमासा बन्द गरोस्, गाडी लगेर मिडिया हाउस अगाडि नराखोस् : माधव नेपाल

२०८३ श्रावण ७, बिहीबार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सह-संयोजक माधवकुमार नेपालले सरकारसँग तमासा नगर्न आग्रह गरेका छन् ।

समाजवादी प्रेस संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘सरकारले तमासा नदेखाओस् । गाडी लगेर मिडिया हाउस र नेताको घर अगाडि तेर्स्याउने काम नगरोस्,’ नेपालले भने, ‘जिम्मेवार भएर चलोस्, नयाँ छन् भनेर चुप लाग्ने अवस्था छैन । १०० दिन दिइहालियो ।’

उनलाई नयाँ भनिएको सरकारलाई सिक्न अझैँ कतिदिन लाग्छ ? भन्दै प्रश्न गरे । ‘बिहानले दिउँसोको जानकारी दिन्छ । सुरुमै गरेको कामले के गर्न खोजिरहेको छ भन्ने देखिन्छ,’ उनले भने ।

आफूलाई सरकार ढाल्नसँग सरोकार नभएको र त्यो शक्ति पनि नभएको बताउँदै उनले सरकार सच्चिएर काम गरिदिए पुग्ने बताए । उनले अगाडि भने, ‘हामीलाई अहिले सरकार ढाल्नु–साल्नु पनि छैन, त्यसमा लाग्नु पनि छैन । हामी ढाल्नसक्ने स्थितिमा पनि छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार