बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु

२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं : छोराको हत्या अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा घाइते भएका छोराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने २१ वर्षीय सरोज चौधरीलाई क्रिमसन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको थियो । प्रहरीका अनुसार उपचारकै क्रममा उनको बिहीबार दिउँसो निधन भएको थियो ।

सहसराम चौधरीलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार