बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ : हेमन्तप्रकाश ओली

२०८३ श्रावण ८, शुक्रबार

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली (सुदर्शन) नेपालको अहिलेको अवस्था नवउपनिवेशिक अवस्था रहेको भन्दै दलाल पुँजीवादी व्यवस्थाले ल्याउने नै नवउपनिवेशिक नै भएको बताएका छन् ।

४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक बिचार गोष्ठीमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

‘सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्र उही राखेर हामी विगतमा सरकारमा गएका थियौँ’, उनले भने , ‘अहिले साम्राज्यावदले नेपालको सेना कब्जा गरेर रवि र बालेन (रास्वापा) को मुखौटो लगाएर सरकार अपदस्त गर्‍यो जसका कारण राष्ट्रिय स्वाधीनताको प्रश्न अगाडि आएको छ ।’

ओलीले यस्तो अवस्थामा लुज फोरम निर्माण गरेर सबै अट्ने फोरम निर्माण गर्न तयार हुनुपर्ने बताए । त्यसका लागि बालेन सरकारका विरुद्ध वैकल्पिक स्वाधीन संयुक्त सरकार बनाउन देशभक्त वामपन्थी मिलेर राजनीतिक सम्मेलन गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार