काठमाडौं : चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तस्थित संरक्षण केन्द्रमा रहेका विशाल पाण्डा (जाइन्ट पाण्डा) को रुख चढ्ने अद्भुत क्षमता क्यामेरामा कैद भएको छ ।
हालै सार्वजनिक गरिएको भिडियोमा पाण्डाहरूले उचाइसँग कुनै डर नमानी रुखका हाँगामा सहज रूपमा हिँडडुल गरेको देखाइएको छ ।
चीन संरक्षण तथा अनुसन्धान केन्द्र फर द जाइन्ट पाण्डा (सीसीआरसीजीपी) ले जुन महिनामा खिचिएको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा दुई विशाल पाण्डा ‘छिन सियाओ’ र ‘फेङ ये’ ले आफ्ना लचिला शरीर र चुस्त गतिविधिमार्फत रुखका हाँगामा सन्तुलन कायम गर्दै अघि बढिरहेको देखिन्छ ।





