काठमाडौँ : डा गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु भएको छ । शिक्षामन्त्रालयको अग्रसरतामा बनाइएको वार्ता टोलीले केसीसँग आइतबार वार्ता सुरु भएको हो ।
वार्तामा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सविच चूडामणि पौडेल, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राडा जगदीशचन्द्र अग्रवाल छन् । यस्तै, गोविन्द केसीको तर्फबाट पुकार बमलगायतको सहभागिता रहेको छ ।
केसीले गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्ने, चिकित्सा शिक्षाको छात्रवृत्ति कोटा बढाउनुपर्ने लगायतका माग राखेर शुक्रबारदेखि धनगढीमा अनसनमा बसेका थिए । अनसनकै क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।





