पहिरामा परी वृद्धको मृत्यु, एक जनाको उद्धार

२०८३ श्रावण ११, सोमबार

गण्डकी : पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ ।

गएराति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । यसैगरी, धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको उनले बताए ।

इलाका प्रहरी कार्यालय, दरबाङबाट गएको प्रहरी टोली र स्थानीवासी मिलेर थापालाई उद्धार गरेका हुन् । गएरातिको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोमा परी विभिन्न ठाउँमा पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ ।

पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक अवरुद्ध बनेको छ । सडक योजना, पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरुले अवरुद्ध सडक खुलाउन प्रयासरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार