आँपको उत्पादन बढ्यो, घटेन मूल्य

२०८३ श्रावण ११, सोमबार

काठमाडौँ : आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व बढ्दै गएको देखिन्छ । मूल्य भने प्रायः घट्नुको साटो वृद्धि भएको देखिन्छ ।

आँप उत्पादन गर्ने किसानदेखि आमउपभोक्तासम्म पुग्न कम्तिमा तीन तहका व्यावसायी हुने भएकाले उत्पादन र उपभोग्य मूल्यमा ठूलो अन्तर देखिने गरेको आरोप लाग्ने गरेको छ । नेपालमा स्वदेशी उत्पादनदेखि भारत र चीनबाट आयात हुने विभिन्न प्रजातिका आँपको बैशाखदेखि असोजसम्म उपभोग हुने गरेको छ ।

नेपाल फलफूल थोक व्यावसायी संघ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार नेपालमा वार्षिक औषतमा स्वदेशको उत्पादन र भारतबाट आयात हुने रु दुई/दुई अर्ब तथा चीनबाट आयात हुने रु एक अर्ब जतिको आँप खपत हुन्छ । चीनबाट पछिल्लो दुई वर्षदेखि मात्र बढी मात्रामा आँप आयात हुन थालेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबारको आँप (मादलह) र आँप (दशहरी)को मूल्य प्रति केजी न्यूनतम् रु १८० र अधिकतम् रु २०० रहेको छ । बाँकी अन्य थोक बजार र विभिन्न सहरमा फरक फरक मूल्यमा बिक्री भइरहेको देखिन्छ ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालिमाटी बजरमा मात्र वैशाखदेखि आजसम्म एक हजार २३० टन आँप आयात भएको र त्यसमध्ये २८० टन आँप भारतबाट आयात भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार