टर्कीको अन्ताल्यामा कार दुर्घटना: पाँच जनाको मृत्यु, दुई घाइते

२०८३ श्रावण १२, मंगलवार

काठमाडौँ : टर्कीको दक्षिणी प्रान्त अन्ताल्यामा आईतवार एउटा कार सडकबाट नियन्त्रण गुमाएर खोँचमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार मनाभगत जिल्लाको बेयडिगिन नजिकै तासागिल–देरेबुकाक सडक खण्डमा उक्त दुर्घटना भएको हो । सात जना सवार उक्त कार अनियन्त्रित भई सडकबाट तल खोँचमा खसेको थियो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ चिकित्साकर्मी, दमकल, सुरक्षाकर्मी तथा विपद् व्यवस्थापन प्राधिकरण (एएफएडी) का टोलीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए ।

उद्धार टोलीले घटनास्थलबाट पाँच जनाको शव फेला पारेको छ भने घाइते दुई जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नजिकैको अस्पताल लगिएको छ । अन्ताल्याका गभर्नर हुलुसी साहिनले दुर्घटनाको समयमा सवारी साधनमा सात जना सवार रहेको पुष्टि गरे । घाइतेमध्ये एक जना गर्भवती महिला रहेको समेत उनले जानकारी दिए । स्थानीय प्रशासनले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार