नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

२०८३ श्रावण १२, मंगलवार

काठमाडौँ : नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोला नजिकै खसेको सुख्खा पहिरो हटाइएपछि सडक पुनः सञ्चालनमा आएको छ ।सडक डिभिजन भरतपुरका अनुसार मङ्गलबार दिउँसो करिब ३ बजे मुग्लिन नजिकै रहेको खहरे खोलामा सुख्खा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।

पहिरो खसेलगत्तै खटिएको सडक डिभिजनको टोली र मेसिनको प्रयोग गरी दिउँसो ४ः०० बजे पहिरो पन्छाएर यातायात पुनः सुचारु गराइएको हो । सडक खुलाइए तापनि सवारीको सुरक्षा र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सडक डिभिजन भरतपुरले सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

सडक डिभिजनले सम्पूर्ण चालकहरूलाई अनिवार्य रूपमा लेन अनुशासन पालना गर्न, सीमित गतिमा सवारी साधन चलाउन र जथाभावी ओभरटेक नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार