काठमाडौं : नेकपा (एमाले) का सांसद ठाकुर गैरेले अहिलेको सरकारले डडेल्धुरा, नुवाकोट र गोरखाका जनतालाई मात्र नेपाली जनता देखेर बजेट निर्माण गरेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
“म सुन्दै छु, यो सरकारले एउटा डडेल्धुरा र डडेल्धुराका जनतालाई नेपाली देख्छ, अर्काे नुवाकोट र नुवाकोटको जनतालाई मात्र नेपाली देख्छ, गोरखा र गोरखाको जनतालाई मात्र सम्पूर्ण नेपाली जनता देख्छ । र सोही त्यहीँ आँखाबाट बजेटको विनियोजन भइरहेको छ,” उनले भने ।
उनले यो कुराबाट करेक्सन गर्न आग्रह गरे ।





