समीक्षाको व्यस्तता बढ्यो, एकैदिन रेकर्ड गरिन् ७ गीत तीन गीत युट्युब ट्रेन्डिङमा

२०८० जेष्ठ २३, मंगलवार

काठमाडौं : पछिल्लो समय गायिका समीक्षा अधिकारीको सांगीतिक व्यस्तता बढेको छ। केही समय अष्ट्रेलिया बसेर नेपाल फर्किएयता उनको व्यस्तता बढेको हो।

हाल उनलाई गीत रेकर्ड गरेर भ्याइनभ्याइ छ। हिजो सोमबार मात्र उनले विभिन्न संगीतकारको संगीतमा एकैदिन ७ वटा गीत रेकर्ड गरिन्।

रेकर्ड भएका केही गीत सोलो हुन भने केही युगल गीत हुन्।

उनले फोटो राख्दै ७ वटा गीत रेकर्ड गरेको जानकारी तस्विर राखेर आफ्नो फेसबुकबाट दिएकी छन्।

सूत्र न्यूजसँग कुरा गर्दै गायिका समीक्षा अधिकारीले हिजो आजसम्मकै सर्वाधिक गीत रेकर्डिङ भएको बताइन्। यसअघि भने उनले एक दिनमा बढीमा ४-५ वटा सम्म गीत गाएको बताइन्।
आजकल औषतमा ३-४ वटा गीतको रेकर्डिङमा हुने गरेको उनको भनाइ छ।

‘मलाई राम्रा-राम्रा गीतको प्रस्ताव आइरहेको छ र रेकर्डिङ भएका गीतहरु पनि राम्रो बनेका छन्’, उनले भनिन्।

बढ्दो व्यस्तताले आफूलाई खुशी मिलेको उनले बताइन्। गीत रेकर्डिङसँगै सागीतिक कार्यक्रमका लागि पनि प्रस्ताव आइरहेको र त्यसका लगि भने आफू तीजदेखि व्यस्त हुने जानकारी सूत्र न्यूजलाई दिएकी छन्।

बितेका एक वर्ष एक विवादका कारण धेरै नै तनाव झेलेकी गायिका अधिकारीलाई सो तनाव मत्थर भएसँगै कामका अवसरहरुको थुप्रो लागिरहेको छ, जुन एकदमै सकारात्मक हो। उनीसँग काम गर्न व्यस्तम संगीतकार तथा गायकहरु हानथाप गर्नुले पनि यो कुरा प्रष्ट हुन्छ।

पछिल्लो समय उनले गाएका गीतहरुले यूट्यूबमा राम्रो भ्यूजसँगै तारिफ पनि बटुलिरहेको छ, यूट्यूबको संगीततर्फको ट्रेन्डिङ सूचिमा नै उनका ३ वटा गीतहरु रहेका छन्। पशुपति शर्माको शब्द तथा संगीतमा उनले गाएको ‘आफ्नोआफ्नो दुख’ गीत ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ।

यसैगरी ‘मन परेरै हो’, ‘म चन्द्रमा हुँ’ बोलको गीत पनि ट्रेन्डिङमा छ।

समीक्षाको आगामी दिन पनि यस्तै व्यस्ततामा बितिरहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार