सल्यानमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

२०८० जेष्ठ २८, आईतवार

सल्यान : १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानमा दुई जनालाई पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा जिल्लाको छत्रेस्वरी गाउँपालिका–४ सुनपोखरीका वर्ष २१ का टोपेन्द्र घर्ती र अर्का वर्ष १७ का किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

गत २४ गते राति १० बजेतिर साथीको घरमा गएको बेला त्यहाँबाट बोलाएर ल्याएर कोही नभएको मौका छोपी उनीहरुले बालिकालाई उनकै घरमा लगेर बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

बालिकाका बाजेले प्रहरीमा जाहेरी दिएपछि घर्ती र अर्का किशोरलाई घर नजिकैबाट पक्राउ गरिएको उनले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको छ । जिल्ला अदालत सल्यानबाट बलत्कार मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइहेको उनको भनाइ छ ।

बलात्कृत बालिकाको जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी गराए । बलात्कारको आरोपमा पक्राउमा परेका दुवै युवकले बलात्कार गरेको अस्विकार गरेको प्रहरी निरीक्षक खनालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार