मिनेन्द्र रिजालले कलेज पढाउन थाले

२०८० जेष्ठ २८, आईतवार

काठमाडौं : कांग्रेसका केन्द्रीय समेत रहेका डा मिनेन्द्र रिजालले कलेजमा पठाउन थालेका छन् । उनले राजधानीको एपेक्स कलेजमा अध्यापन थालेका हुन् ।  उनले सो कलेजमा नियमित रूपमा आइतबार बिहान ८ देखि १० बजेसम्म पठाउने बताइएको छ । रिजालले सामाजिक सञ्जालमार्फत १९ वर्षपछि नियमित रूपमा पढाउन थालेको जानकारी दिएका छन् । 

‘सुखद अनुभव, १९ वर्षपछि नियमित रूपमा पढाउन थालेँ। अब हरेक आइतबार बिहान ८–१० बजे एपेक्स कलेजमा पढाउने छु।’

उनले कोर्ष सम्बन्धी  आज पढाउँदाका केही तस्बिर समेत सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत रहेका रिजाल केहीअघि कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार