इटालीलाई हराउँदै उरुग्वेले पहिलाे पटक जित्याे यू–२० विश्व कप

२०८० जेष्ठ २९, सोमबार

काठमाण्डाै : उरुग्वेले फिफा यू–२० (२० वर्षमुनि) काे विश्व कप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनामा हिजाे आइतवार राति भएकाे फाइनलमा उरुग्वेले इटालीलाई १-० गोलले हराउँदै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रिगेजले गाेल गरे ।

तीन पटक फाइनलमा पुगेकाे उरुग्वेले पहिलो पटक २० वर्षमुनिकाे विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो ।

त्यस्तै पहिलो पटक २० वर्षमुनिकाे विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्याे । २० वर्षमुनिकाे विश्व कप उपाधि अर्जेन्टिनाले सबैभन्दा धेरै छ पटक जितेकाे छ । यस्तै ब्राजिलले ५ पटक यो उपाधि जितेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार