काठमाडौं जिल्ला अदालतअगाडिबाट विप्लवका १३ कार्यकर्ता पक्राउ

२०८० जेष्ठ ३१, बुधबार

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

ब्यानर र पम्प्लेटसहित नाराबाजी गर्दै माइतीघर मण्डलबाट जिल्ला अदालत अगाडि पुगेको अवस्थामा विप्लवका ती कार्यकर्ताहरुमाथि प्रहरीले धरपकड गरेको हो। धरपकडका क्रममा प्रहरीले प्रदर्शनमा उत्रिएका विप्लवपका कार्यकर्ताहरुको ब्यानर र पम्प्लेट पनि खोसेको छ।

पक्राउ परेका सबै कार्यकर्ताहरुलाई प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ। अहिले काठमाडौं जिल्ला अदातलमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको पक्षमा बहस चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार