कैलालीमा मृत भेटिइन् युवती, घटनास्थलमा प्रहरी

२०८० असार ४, सोमबार

कैलाली : कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। सोमबार बिहान गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा २५/३० वर्षजस्ती देखिने युवती मृत भेटिएकी हुन्।

उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। युवतीले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन्। मृत्युको कारण पनि खुल्न सकेको छैन।

इलाका प्रहरी कार्यालय (मालाखेती, कैलाली) को टोली अहिले घटनास्थल पुगेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार