काठमाडौँ : अविरल वर्षाको कारण पाँचथर याङवारक गाउँपालिका १ फेदी स्थित पहिरोमा परि फसेका व्यक्तिहरूलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।
पहिरो गएको समयदेखीनै उक्त स्थानमा ईप्रका च्याङथापुबाट प्रनानि भिमराज थेबेको कमाण्डमा प्रहरी टोली खटिइएको थियो । प्रहरीका अनुसार जिल्ला पाँचथर याङवारक गापा १ बस्ने वर्ष ६० नरमाया गुरुङ र निजको १६ वर्षको नाति सन्दीप गुरुङ ,निजको ९ वर्षकी नातिनी कि हिमा गुरुङको उद्धार गरिएको छ ।
त्यस्तै ८० वर्षको कृष्ण बहादुर गुरुङ, निजको ६० वर्षीय श्रीमती डिक माया गुरुङ, निजको ३५ वर्षीय छोरा जुहाङ गुरुङ, निजको ३० वर्षीय बुहारी सुनिता गुरुङको उद्धार भएको छ । ४३ वर्षीय बहादुर गुरुङ, निजको ४४ वर्षको श्रीमती मन कुमारी गुरुङ, निजको १६ वर्षको छोरी वर्ष सुस्मा गुरुङ, ७० वर्षको पदम बहादुर खालिङ र निजको ६८ वर्षकी श्रीमती मन माया खालिङलाई पनि प्रहरीले उद्धार गरेको हो ।





