सिचाईँका पूर्वडिजीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा

२०८० असार ५, मंगलवार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध साढे ३ करोड रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले राजभण्डारीविरुद्ध सोमवार ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ विगो, त्यति नै जरिवाना, स्रोत नखुलेको रकमबाट बढेर बढाइएको चलरअचल सम्पत्ति जफत र कैद सजाय मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि राजभण्डारीकी श्रीमती दीपा श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ ।

अख्तियारले करिब २८ वर्ष सरकारी सेवामा रहेका राजभण्डारीको २०५१ फागुनदेखि २०७९ भदौ मसान्तसम्मको चलअचल सम्पत्तिवारे अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा ७ करोड ७२ लाख २९ हजार बराबरको आर्थिक कारोवार गरेको र त्यसमध्ये ३ करोड ५६ लाख ७७ हजारबराबर सम्पत्तिको स्रोत नखुलेपछि त्यसलाई नै बिगो कायम गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

बिगो कायम गरिएको घरजग्गाको मूल्य मालपोतमा उल्लेख गरिएको न्यून मूल्यांकन अनुसार भएकोले यसको अहिलेको बजार मूल्य करोडौं रुपैयाँबराबर हुन आउँछ। भ्रष्टाचारबाट आर्जित सम्पत्ति राजभण्डारीले घरजग्गा खरिद, घर निर्माण, विभिन्न कम्पनीमा लगानी, बीमा प्रिमियम भुक्तानीमा लगानी गरेको देखिएको छ । -कारोबार दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार