पर्यटनमन्त्रीलाई प्रेम आलेको सुझाव ‘स्टन्ट’ गर्दै नबस्नु, काम गर्नु

२०८० असार ९, शनिबार

काठमाडौं : पूर्व मन्त्री साथै प्रतिनिधि सभा सदस्य प्रेम आलेले पर्यटन मन्त्री सुदन किरातीलाई स्टन्ट नगर्न सुझाव दिएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै आलेले भारतले बनाइदिएको पशुपति धर्मशाला पशुपति विकास कोषमा ल्याउन सुझाव दिँदै स्टन्ट नगर्न सुझाव दिएको हो ।


पशुपति धर्मशालाको मुद्धा पेशी सरेको सरेकै गर्ने भएको पशुपति विकास कोषमा कहिल्यै आउन नसक्ने उनले औँल्याए । ‘पशुपति धर्मशालाको पेशी चढेको चढेकै छ । किनारा लागेको छैन । मन्त्री स्टन्ट गर्दै बसिरहेको छ ।’ उनले भने ।
आलेले क्यासिनो व्यवसायीहरुले सरकालाई ठगिरहेको रहेको आरोप पनि लगाएका छन् । क्यासिनो व्यवसायीहरुले ६ वर्षदेखि कर नतिरी व्यवसाय गरिरहेको उनले बताए ।

‘म मन्त्री हुँदा क्यासिनो व्यवसायीहरुलाई बारम्बार ताकेता गरें उनीहरु टसमस भएन । केही नलागेपछि चार जनाको लाइसेन्स रद्द गरिदिएँ ।’ उनले भने, ‘अनी मैले गृहमन्त्रालयको सहयोग मागेँ सहयोग गरेन । गृहमन्त्रालय नै मौन रहेपछि मुचुल्का उठाउँदा नपाउँदा सरकारको २ अर्ब रोकियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार