सिंगापुरबाट फर्के लगत्तै आरजू देउवा जापान प्रस्थान

२०८० असार १२, मंगलवार

काठमाडाैं: नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजू देउवा जापान प्रस्थान गरेकी छिन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकाे धर्मपत्नी आरजू सिंगापुरबाट फर्के लगत्तै जापान प्रस्थान गरेकी हुन्।

सोमबार साँझ जापान प्रस्थान गरेकी राणााले साे क्रममा स्वास्थ्य जाँच गर्ने बताइएकाे छ। श्रीमान देउवाकाे नियमित स्वास्थ्य जाँचका लागि गत जेठ ३० गते सिंगापुर गएकी राणाा गत शुक्रबार मात्रै स्वदेश फर्केकी थिइन्।

एक वर्षअघि गत भदाैमा पनि उनी उपचार गर्नका लागि जापान गएकी थिइन्। सोही उपचारको नियमित फलो अपका लागि उनी साेमबार जापान गएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार