काठमाडौं : ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका ४ मध्ये ३ जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च अदालत पुगेका छन् ।
सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले ३ जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको जानकारी दिए । उनका अनुसार यसरी रिट लिएर जानेमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम रहेका छन् । रिटमाथि शुक्रवार सुनुवाइ हुने जनाइएको छ ।
अर्का गोपाल कार्कीसहित उनीहरूलाई असार १२ गते प्रहरीले पक्राउ गरेको थियो । १३ गते अदालतमा पेश गरिएकोमा काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।





