अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड २७ घण्टापछि खुल्यो

२०८० असार १५, शुक्रबार

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि २७ घण्टापछि दुईतर्फी सञ्‍चालनमा आएको छ ।

मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फ सञ्‍चालनमा आएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड साँझ ५ बजेदेखि सञ्‍चालनमा आएको हो ।

यसअघि विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरेको थियो ।

सो ठाउँको मुग्लिनतर्फ ६० मिटर अग्लो चट्टान काट्न सुरु गरिए पनि नसकेपछि विस्फोट गराउनुपर्ने निष्कर्ष निकालेर भारतीय दूतावासमा विस्फोटक पदार्थ ल्याउने अनुमतिका लागि फाइल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार