काठमाडौं : मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन अझै ४ घन्टा लाग्ने भएको छ। गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन तीनवटा स्काभेटर परिचालन गरिएको छ। माथिबाट ठुल्ठूला ढुंगा झर्ने क्रम नरोकिएकाले आइतबार दिउँसोमात्रै आवागमन चलाउन सकिने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।
‘हिजो दिउँसो पहिरो पन्छाएर गाडीहरू आवतजावत गराइएको थियो। तर, गएराति ठूलो परिमाणमा पहिरो आएर थुप्रियो,’ सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले सेतोपाटीसँग भने, ‘बिहानैदेखि तीनवटा स्काभेटर प्रयोग गरिएको भए पनि पहिरो पन्छाउन सकिएको छैन।’





