काठमाडौँ : नेपालले एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। नेपालले ९७ रनले सिंगापुरलाई पराजित गरेको हो।
जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१.३ ओभरमा ८७ रनमै अल आउट भयो।
नेपालका कात्तिक कामतले ३ विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।





