कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

२०८० असार १९, मंगलवार

काठमाडौँ : कञ्चनपुरमा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई सोही नगरपालिका-५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार