बबइ नदीमा डुबेर एक जनाको मृत्यु

२०८० असार २०, बुधबार

दाङ : दाङको बबइ नदीमा डुबेर मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमवहादुर सुनारले जानकारी दिए ।

बबइ गाउँपालिका-१ मलइबाट घर फर्कने क्रममा बबइ नदीमा देवकोटाको डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार