यो संसद ३ दलले बन्धक बनाउन मिल्छ ? : रवि लामिछाने

२०८० असार २५, सोमबार

 काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो संसद ३ दलले बन्धक बनाउन मिल्छ भन्ने प्रश्न गरेका छन् ।जनताका मुद्दा यथावत छाडेर नेताको स्वार्थमा संसद रोक्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए ।

सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले सोधे, ‘यो संसद ३ दलले बन्धक बनाउन मिल्छ ? उनीहरुले जे गर्‍यो त्यही हो ? अरु माननीय चाहिँ केही होइन ?’ संसदमा विभिन्न कानुन विचाराधीन अवस्थामा रहेको भन्दै सभापति लामिछानेले ती कानुनमाथि छलफल गर्न छाडेर नेताको स्वार्थमा संसदलाई बन्धक बनाइएको बताए ।

‘शीर्ष नेतालाई मुड चलेन भने यो सदन रोकिन्छ ?’ लामिछानेले प्रश्न गरे, ‘जनताका मुद्दामा संसद रोकिन्छ भने रोकियोस् । नेताको स्वार्थमा संसद रोकिने कुरा हामी स्वीकार गर्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार