काठमाडौं : मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कमा छैन ।
हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ ।





